Logo

तादी खोलामा डुबेर दुई जनाको मृत्यु



नुवाकोट, १२ जेठ । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो १ बजे बेलकोटगढी नगरपालिका–१० स्थित तादी खोलाको घुमाउने रहमा पौडी खेल्न गएका बेलकोटगढी र ककनी गाउँपालिकाका दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा बेलकाटगढी नगरपालिका–१३ का १३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङ रहेका छन् ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुलाई उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीले मृत घोषणा गरेको हो । पौडी खेल्न गएका ६ जनामध्ये अरू सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्