Logo
समाचार
सिङ्गापुरको राष्ट्रपतिमा थर्मन शान्मुगररत्नम विजयी

सिङ्गापुर, १६ भदौ । सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी भएका छन् । कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन

काठमाडौँ, १६ भदौ । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुरुवात गरिएको छ । माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन् ।

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौँ, १६ भदौ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको

१६ औँ पुस्तकालय दिवस, हरिहर भवन पुनर्निर्माणमा अन्योल

ललितपुर, १६ भदौ । लगानीकर्ताको सर्तका कारण भूकम्पले क्षतिग्रस्त भएको पुल्चोकस्थित हरिहर भवनको पुनर्निर्माण कार्य अत्तोपत्तो छैन । बेवारिसे बनाइएको राणाकालीन सो दरबार खण्डहर बन्न पुगेको छ । घाँस र

नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ ः परराष्ट्र मन्त्रालय

काठमाडौँ, १६ भदौ । नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३

पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घकाे अध्यक्षमा निर्वाचित

काठमाडौँ, १५ भदौ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रवार काठमाडौँमा भएको चुनावमा पारस प्यानलसहित विजयी भएका हुन् । पारसले

महासचिव पोखरेलको नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन जाँदै

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली

रूपान्तण अभियानमा जुट्यो माओवादी, २२ पदाधिकारीको जिम्मेवारी तोकियो

काठमाडौँ, १५ भदौ । आफ्नो नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा थालिएको सुधारलगायत मुद्दा लिएर सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) विशेष अभियानका साथ जनताको बीचमा

सूर्यको अध्ययन गर्न यान पठाउँदै भारत

भारत, १५ भदौ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै भारत सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पठाउनका निम्ति तयार भएको

नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छ: प्रवक्ता सापकोटा

काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा