Logo
सजिलो विशेष
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं, ७ साउन। साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउनु भएको छ । आज बसेको संसद बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु भएको हो । आजको संसद बैठकमा

संविधान संशोधन रहर होइन, आवश्यकताको विषय हो: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विश्वासको मत प्राप्त

राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले हुन्ः लिङ्देन (भिडिओ)

काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको आरोप लगाउनुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले दिए राजीनामा

काठमाडौं, ६ साउन । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनु भएको छ । उहाँले आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । यसअघि विश्वासको मत लिने तयारी

प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौँ, ६ साउन। सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेश गरेको छ ।

निरन्तर चौथो कारोबार दिन बढ्यो नेप्से

काठमाडौँ, ६ साउन। नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन बढेर बन्द भएको छ। गत साताको मंगलबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। साताको पहिलो कारोबार

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

काठमाडौँ, ६ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । अल्पपतमा पर्नु भएका महराले विश्वासको मत नलिई राजीनामा दिनु भएको हो । उहाँले आज संसदबाट विश्वासको

जनताको निराशा हटाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले निराशा चिरेर

प्रधानमन्त्री ओलीद्वारा एमाले–काँग्रेसको सातबुँदे सहमति सार्वजनिक, के-के छन् सहमतिमा ?

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सहमति सार्वजनिक गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्नुहुँदै सहमति सार्वजनिक गर्नु भएको हो