Logo
विश्व
महाराष्ट्रमा बस दुर्घटना: बाह्र जनाको मृत्यु

भारत, २ वैशाख । भारतको महाराष्ट्र राज्यको रायगढमा आज भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । चालीस जना यात्री लिएर पुणे

जापानी प्रधानमन्त्री किशिदामाथि बम आक्रमणको प्रयास

जापान, २ वैशाख । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा बम आक्रमणको प्रयास भएको छ । उनलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ । विस्फोटको आवाज सुनिएपछि प्रधानमन्त्री

अमेरिकी गोप्य दस्तावेज चुहावट प्रकरणमा २१ वर्षीय युवक पक्राउ

अमेरिका, १ वैशाख । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य पक्राउ परेका छन् । ज्याक टेइसेइरा उक्त दस्तावेजहरू चुहिएको अनलाइन गेमिङ समूहको नेता

युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनलाई जर्मनीको आग्रह

जर्मनी, १ वैशाख । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन्

राष्ट्रसङ्घका महासचिव गुटरेसमाथि जासुसी गरेको अमेरिकी सङ्केत

अमेरिका, १ बैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको अमेरिकाले सङ्केत गरेको छ । इन्टरनेटका विभिन्न माध्यममा चुहिएको पछिल्लो गोप्य दस्ताबेजमा वाशिङ्टनले

कुटनीतिक सम्बन्ध पुन: स्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत

काठमाडौँ, ३० चैत । ११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुन: स्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत भएका छन् । द्विपक्षीय सम्बन्ध वर्षौँदेखि अलपत्र परेकोमा बुधवार एक संयुक्त विज्ञप्तिमा

श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने

कोलम्बो, २९ चैत (एएफपी) । आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन् । लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा

पञ्जाबमा सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

पञ्जाब, २९ चैत । पञ्जाबस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

म्यानमारमा सेनाको हवाइ आक्रमण: ५३ जनाको मृत्यु

म्यानमार, २९ चैत । म्यानमारमा सेनाले हवाइ आक्रमण गर्दा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । सैन्य ‘कू’ विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा भएको हवाइ आक्रमणमा अन्य कैयौँ घाइते भएका

आतङ्कवादीसँगको झडपमा चार जना प्रहरी मारिए

पाकिस्तान, २८ चैत । दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन