मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा केही चुनौतीहरू देखिनेछन् र फजुल खर्च पनि बढ्नेछ। सहयोग गर्नेहरू कमै भेटिनेछन्। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। समयमा समस्या दर्साउँदा साथ दिनेहरू फेला पर्नेछन्। चुनौती अँगाल्नुपरे पनि परिस्थितिले काममा अग्रसर गराउनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ।रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि मिहिनेत गर्दा काम थालनी हुनेछ। विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र समेत फराकिलो बन्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। नोकरीमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।






