Logo

आज २०८३ साल भाद्र ११ गते बिहीवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनग्य लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हातलागी हुन सक्छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ। दिउँसोदेखि व्यवसायमा मनग्य फाइदा हुनेछ। कामका बाधा हट्नेछन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले भने आफ्ना कमजाेरीबाट लाभ उठाउन सक्छन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साथीभाइ जुट्नाले परिस्थति पनि अनुकूल हुनेछ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। दिउँसाेदेखि लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। धेरै मिहिनेत परे पनि कमै लाभ हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

 बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनुपरे पनि मनग्य लाभ उठाउन सकिनेछ। फाइदा हुने काम थालनी हुनेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

 नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनुपर्ला। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। दिउँसाेदेखि नयाँ काम प्रारम्भ हाेला। पेसा व्यवसायमा पनि लाभ हुनेछ।अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिछोडिएका आफन्त नजिकिनेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

 शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। चिताएको काम बन्नाले उत्साह जाग्नेछ। नयाँँ काम सुरु हुनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफूले जानेको सीप प्रयोग गर्दा राम्रो अवसर हात पर्न सक्छ। आर्थिक लाभसँगै नयाँ चिनजान पनि बढ्नेछ। स्वास्थ्यलाई बेवास्ता नगरी समयमै आराम गर्नु राम्रो हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्