Logo

आज २०८३ साल असार ३० गते मंगलवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आध्यात्म वा आर्थिक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। सामाजिक सञ्जालमा बोल्दा बोलिको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कार्यक्षेत्रमा मेहनत अनुरुप परिणाम नमिल्ला। स्वास्थ्यलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोला। अरुलाई ऋण दिनदेखि बच्नुहोस्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नोकरी वा पेशामा आफ्नो योजना गुप्त राख्नुहोस्। मशीनरी आदिमा कार्य गर्दा सावधान भएर कार्य गर्नुहोला। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन हुन गाह्रो हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारमा वृद्धि हुनेछ। कार्य समयमा सम्पादन गर्ने प्रयास गर्नुहोला। विद्यार्थीहरूलाई पढाइमा आइरहेका बाधाहरू समाप्त हुनेछन्। कार्यस्थलमा सबैको सल्लाहले कार्य गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यक्षेत्रमा विरोधीहरूले हजुरको कार्यप्रणालीमा प्रश्न चिन्ह उठाउने छन्। राम्रो सफलताको लागि समय अनुसार चल्नुहोस्। आध्यात्मिक रुचि बढ्नेछ। सन्तानबाट सुख मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कार्यक्षेत्रमा विरोधीहरूले हजुरको कार्यप्रणालीमा प्रश्न चिन्ह उठाउने छन्। राम्रो सफलताको लागि समय अनुसार चल्नुहोस्। आध्यात्मिक रुचि बढ्नेछ। सन्तानबाट सुख मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बढ्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यमा जग बसाउने मौका मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

तपाईंको बोलीले अरूको मन जित्नेछ। नयाँ चिनजान बन्न सक्छ। आफूले थालेको काम बीचमै नछोड्नुहोस्। बेलुकातिर खुसीको समाचार सुन्न पाइनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

घरका साना काम पूरा गर्ने दिन छ। थन्किएका सामान मिलाउन समय निकाल्नुहुनेछ। शरीरलाई आराम दिन पनि बिर्सनु हुँदैन। परिवारसँग बसेर समय बिताउँदा रमाइलो हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साथीभाइसँग भेट हुने सम्भावना छ। धेरै दिनपछि भएको कुराकानीले सम्बन्ध अझ राम्रो बनाउनेछ। अरूलाई सहयोग गर्दा सम्मान पनि बढ्नेछ। हाँस्दै रमाउँदै दिन बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बोलेको कुरा पूरा गर्ने दिन छ। कसैले तपाईंको कामको प्रशंसा गर्न सक्छ। रिसलाई नियन्त्रणमा राख्नु राम्रो हुनेछ। आफ्नो योजना सबैलाई प्रकट नगर्दा बुद्धिमानी हुनेछ। आजको शुभ रंग शाही निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ ठाउँ देख्दा मन रमाउनेछ। आफूलाई मन लागेको काम गर्न समय निकाल्नुहुनेछ। परिवारबाट राम्रो साथ मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्