Logo

एमाले र नेकपाबीच प्रदेशमा कसरी हुन्छ भागबण्डा ?



काठमाडौं, २६ साउन । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सहमति अनुसार तीन बुँदे सहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ बुँदे निर्देशन जारी गरेका छन्।

ओली र प्रचण्डले संयुक्त रूपमा हस्ताक्षर गर्दै सहमति कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । निर्देशनमा सरकार गठनको आधार र मन्त्रालय बाँडफाँडको स्पष्ट आधार तय गरिएको छ ।

जसअनुसार सरकार गठनका लागि दलको सीट संख्यालाई आधार बनाइने छ । यसैगरी, त्यस्तै मन्त्रालय बाँडफाँट गर्दा प्रदेश सभा सदस्य संख्याको अनुपातमा हुने र मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई पनि समग्र शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ ।

मन्त्रालय बाँडफाँट गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने, पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने, त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय छनोट गर्ने र सोही क्रमलाई दोहोर्‍याउँदै मन्त्रालयको बाँडफाँट गर्ने निर्देशनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्