काठमाडौं, २८ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ठूला रेलमार्ग निर्माण योजनालाई प्राथमिकतामा राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्यलाई निरन्तरता दिइने बताएका हुन्।
उनका अनुसार केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्ग परियोजनाको लगानी मोडालिटीसहित विभिन्न पक्षमा थप अध्ययन अघि बढाइनेछ। सरकारले आधुनिक र दीगो यातायात प्रणाली विकासलाई प्राथमिकतामा राखेको पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।
सरकारले रेलमार्ग विस्तारमार्फत देशको यातायात पूर्वाधारलाई प्रतिस्पर्धी, सहज र दीर्घकालीन बनाउने लक्ष्य लिएको जनाएको छ।





