Logo

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा जवाफ दिने कार्यसूची



काठमाडौं, ३१ वैशाख । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले जिज्ञासा राखेका थिए ।

ती जिज्ञासाको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्रीका प्रतिनिधिका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले जवाफ दिने भएपछि प्रतिपक्षी दलका सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।

बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद्ले जारी गरेको कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने उल्लेख गरिएको छ ।

आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव (कर प्रस्ताव बाहेक) छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रतिनिधि सभाका सदस्य गणेश पराजुली ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ प्रस्ताव पेश गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्