Logo

भारतमा पेट्रोल र डिजेलको मूल्य चौथोपटक बढ्यो, कति पुग्यो ?



काठमाडौं, ११ जेठ । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

आज बिहानबाट पेट्रोलको मूल्य प्रति लिटर २.६१ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर २.७१ भारतीय रुपैयाँले बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । योसँगै राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर १०२.१२ रुपैयाँ र डिजेल प्रतिलिटर ९५.२० भारतीय रुपैयाँ पुगेको छ ।

यो मूल्यवृद्धि यस महिनामा चौथोपटक हो । लगातार बढ्दो मूल्यवृद्धिले आम सर्वसाधरणमा चिन्ता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्