Logo

भारतीय विदेश सचिव काठमाडौं आउँदै



काठमाडौं, १४ वैशाख । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् ।

बालेन्द्र साह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएको एक महिनापछि नयाँ दिल्लीले पहिलोपटक उच्च अधिकारीलाई काठमाडौं पठाउन लागेको हो । मिश्री वैशाख अन्तिम साता काठमाडौं आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्षले विदेश सचिव मिश्रीको भ्रमणका लागि ३०–३१ वैशाखको मिति प्रस्ताव गर्दै पत्राचार गरेको छ ।

भ्रमणलाई औपचारिकता दिन परराष्ट्र सचिव अमृतबहादुर राईका तर्फबाट मिश्रीलाई औपचारिक निमन्त्रणा पठाउनुपर्ने हुन्छ । भारतीय पक्षको प्रस्तावको जवाफमा परराष्ट्र सचिव राईले औपचारिक निम्तो पठाइसकेको बताइएको छ । यद्यपी, मिश्रीको काठमाडौं भ्रमणका एजेन्डा सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि साहले पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै सुरु गर्ने तयारी गरेपछि भ्रमणको तयारीबारे छलफल गर्न विदेश सचिव मिश्री काठमाडौं आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्