काठमाडौं, २ असोज । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको छ। विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका र नेतृत्वदायी भूमिकामा काम गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रको अनुभव र विज्ञता भएका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरिएको जानकारी दिए।
मन्त्रिपरिषद्बाट सिफारिस भएका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकबाट अग्रिमो स्वीकृतिका लागि पठाउनेछ।
सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिहरूलाई सम्बन्धित देशका लागि राजदूतमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।
यससँगै १३ मुलुकमा राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।
प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे (भारत का लागि प्रस्तावित राजदूत)
२. डा. कल्याणराज शर्मा ( चीनका लागि प्रस्तावित राजदूत)
३. चिरनजंग थापा (संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत)
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (बेलायतका लागि प्रस्तावित राजदूत)
५. जिग्यान कुमार थापा ( जापानका लागि प्रस्तावित राजदूत)
६. सुरेशकुमार कर्ण ( इजरायलका लागि प्रस्तावित राजदूत)
७. प्राप्ति शेरचन ( स्पेनका लागि प्रस्तावित राजदूत)
८. शारू जोशी (जर्मनीका लागि प्रस्तावित राजदूत)
९. डा. पद्माक्षी राणा (ओमानका लागि प्रस्तावित राजदूत)
१०. चूडामणि खरेल (मलेसियाका लागि प्रस्तावित राजदूत)
११. प्रा. डा. सङ्गम श्रेष्ठ (दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत)
१२. डा. मंचल झा (श्रीलंकाका लागि प्रस्तावित राजदूत)
१३. गिरीबहादुर सुनार (साउदी अरेबियाका लागि प्रस्तावित राजदूत)






