Logo

रोमानियामा रेलको ठक्करबाट २ नेपालीको मृत्यु



काठमाडौं, २० साउन । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ।

रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका परिवारलाई जानकारी गराइसकिएको र मृतकको शव नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाउन समन्वय भइरहेको बताए ।

रोमानियामा कार्यरत मनिस थापाका अनुसार रेल दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमिई रेल सडक खण्डमा गत २ अगस्ट २६ (आइतबार) स्थानीय समय बिहान ३:२१ बजे भएको बताए। रेलमार्ग आसपासको क्षेत्र अँध्यारो तथा झाडीले ढाकिएको हुँदा आउँदै गरेको रेलको समयमै जानकारी नपाउँदा तीव्र गतिमा आएको रेलको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्