काठमाडौं, ६ असोज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न अमेरिका प्रस्थान गर्दैछन्।
संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन्।
प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ। उनले महासभामा असोज ८ गते सम्बोधन गर्ने तालिका छ।
महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली गत आइतबारै न्युयोर्क प्रस्थान गरिसकेको छ।
प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन्।






