काठमाडौं, २५ जेठ । रवि लामिछानेले समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्।
कविन्द्र बुर्लाकोटी का अनुसार बैठक बिहान ९ बजे संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्नेछ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी ले जनाएको छ।
महामन्त्री बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकसम्बन्धी सूचना तथा औपचारिक निमन्त्रणा संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको छ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै समसामयिक राजनीतिक विषय र राष्ट्रिय महत्वका मुद्दामा साझा धारणा निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ।








