Logo

जर्मनी युरोकपको अन्तिम १६ मा



काठमाडौं, १० असार। युरोकप फुटबल २०२४ मा आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । खेलमा १–० ले पछि परेको अवस्थालाई खेलको इन्जुरी समयमा बराबरीमा रोक्दै जर्मनी समूह ए को विजेता र स्विजरल्याण्ड उप विजेता बनेको हो ।

सोमबार बिहान भएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लिएको थियो । खेलको २८ औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।

जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२ औँ मिनेटमा फुलक्रुगले ठुलो झट्का दिए । योसँगै जर्मनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ । स्विस टोलीले समान खेलबाट ५ अङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्