Logo

झापामा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या



झापा, १४ असार । झापाको भद्रपुरमा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या भएको छ । भद्रपुर नगरपालिका वडा नं २ डिगाउँमा भद्रपुर नगरपालिका वडा नं। २सोही ठाउँ बस्ने ७० वर्षीया गौरीमाया तामाङको हत्या गरीएको हो । अन्दाजी बर्ष ४० का राजेश तामाङले धारिलो हतियार सिक्कल प्रहार गरी गौरीमायाको हत्या गरेको प्रहरुीले जनाएको छ ।

गौरीमायाकै घरमा गई राजेशले धारिलो हरियार प्रहार गरेका थिए । सिक्कलले घाँटीको दाहिने भागमा प्रहार गर्दा गौरीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गर्ने राजेशलाई खेतवारीमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय पृथ्वीनगरले नियन्त्रणमा लिएको छ । हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्