Logo

‘डार्क फाइल’ प्रकरणमा सिधा कुराका सम्पादक, प्रकाशकसहित तीनजनाविरुद्ध मुद्दा दायर



काठमाडौं, १४ असार । ‘द डार्क फाइल’ प्रकरणमा सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध मुद्वा दायर भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्वा दायर गरेको हो ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो।

उक्त स्टिङ अपरेसन गरिएको भनिएको अडिओ फेक भएको सरकारी वकिलको कार्यालयको दावी छ ।

प्रतिक्रिया दिनुहोस्