Logo

गाजामा इजरायली बमबारीबाट २५ प्यालेस्टिनीको मृत्यु



काठमाडौं, २१ कार्तिक । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कयौँ मानिस अझै बेपत्ता रहेको बताएको छ । इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका र करिब दुई सय ५० जनालाई बन्धक बनाइएको थियो ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४३ हजार तीन सय ९१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले मङ्गलबार एक विज्ञप्तिमार्फत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्