काठमाडौं, १५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । उहाँँले कारलगायत अन्य सबै सामानमा तत्काल कर घोषणा गर्ने दाबी गर्नुभएको हो ।
अमेरिकाले लगाउने यो अनुचित अतिरिक्त महसूलको आफूले दृढताका साथ अनि तत्कालै प्रतिक्रिया जनाउने ईयूले भनेको छ ।
बैठकमा ट्रम्पले मेक्सिको र क्यानडामाथि अहिले रोक्का रहेको अतिरिक्त महसूल फेरि केही समयलाई रोक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।
यसमा समयसीमा तोकिएको भए पनि ट्रम्पले आउने दिनमा सीमा सुरक्षामा मेक्सिको र क्यानडाले चाल्ने कदमहरू हेरेर यसमाथि पुनर्विचार गर्ने बताइएको छ ।
अहिले युरोपियन देशले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसूल लगाएका छन् । यो अमेरिकाले यसअघि युरोपबाट जाने यात्रुवाहक कारमा लगाएको भन्दा चार गुणा बढी हो ।