Logo

गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको छः लिङ्देन



दाङ, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाउँदै अब नयाँ व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

दाङको लमहीमा राप्रपा क्षेत्र नम्बर १ ले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाले अहिलेको गणतन्त्र व्यवस्थामार्फत लुटतन्त्र संस्थागत गरिएको दाबी गर्नुभयो। उहाले भन्नुभयो, “वर्तमान सत्ता जतिसुकै दिन चल्दा पनि जनताले दुःख पाउँदै जान्छन्।’

उहाले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) जति पटक प्रधानमन्त्री बने पनि देश नबदलिने दाबी गरे । ‘२०४६ सालदेखि अहिलेसम्म उही नेता, उही नेतृत्वले देशलाई कहाँ पुर्‍यायोरु’ लिङ्देनले प्रश्न गर्नुभयो ।

संसदमा एक नेताले झुटा विवरण सुनाएको र आफूले त्यसको प्रतिवाद गरेको उल्लेख गर्दै उहाले देशमा उड्न नसक्ने हवाइजहाज किन्ने र जहाज नबस्ने विमानस्थल बनाउने कार्य कमिसनका लागि गरिएको आरोप पनि लगाउनुभयो।

अब परिवर्तनको पक्षमा उभिने बेला आएको उल्लेख गर्दै लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने उदाहरण विश्वमा प्रसस्त रहेको बताउनुभयो। ‘राजसंस्था ल्याउनु भनेको प्रजातन्त्र मास्ने भन्ने होइन। पार्टीको राजनीतिभन्दा माथि राजा हुन्छन्। कार्यकारी प्रधानमन्त्री जनताबाटै चुन्नुपर्छ। हामीले खोजेको यही व्यवस्था हो,’ उहाले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्