Logo

दोस्रो अभ्यास खेलमा नेपाल विजयी



अमेरिका, २२ जेठ । विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ ।

पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हरायो ।

गएराति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर एक बलमा २ सय ५० रनमा अलआउट भयो ।

नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरेका छन् । त्यस्तै आरिफ शेखले ४१, दिपेन्द्रसिंह ऐरीले २४ र देव खनालले १९ रन जोडे । ह्युस्टन हरिकेन्सका मोहम्मद इलियासले पाँच र हरमित सिंहले दुई विकेट लिए । २ सय ५१ रनको लक्ष्य पाएको ह्युस्टन हरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो ।

उसका निनाद निम्बाल्कर ९९ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर ढकालले दुई विकेट लिए । आईसीसी विश्व कप लिग दुईमा नेपालले अमेरिका र ओमानसँग दुईरदुई वटा श्रृङ्खला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्