Logo

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार



कुवेत, १ असार । एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग ७-० गोलले पराजित भएको छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा फराकिलो गोल अन्तरसहित हार बेहोरेको हो ।

कुवेतको जाबिर अल अहमद मैदानमा नेपालले पहिलो हाफमा २ र दोस्रो हाफमा थप ५ गोल खायो । पहिलो खेलमा नेपाल जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ ले पराजित भएको थियो ।

छनोटका ३ खेलमा नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतसँगको खेलमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्