Logo

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



सुनसरी, १८ भदौ । सुनसरीको इटहरी-२ मा पिकअपको ठक्करबाट गएराति एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी-२ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इटहरी-२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१-०२-००२च ४६६२ नंको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को१६प ५७२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृत्यु भएको हो ।

सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी-५ का २९ वर्षीय सरोज गुरागाईँ सख्त घाइते भएको प्रहरीले जनाइएको छ । घाइते गुरागाईँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्