Logo

नेपालमा २०० संक्रमित थपिए, दुई जनाको मृत्यु



काठमाडौँ, १८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५३७ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २०० जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ३८१ नमुनाको पीसीआर परीक्षण गर्दा ९२ र दुई हजार १५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार सातजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३३९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८३ हजार १०३ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ६४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्