Logo

टी-२० विश्व कप: स्कटल्यान्डसँग वेस्टइन्डिज पराजित



होबार्ट, ३१ असोज । आईसीसी टी-२० विश्व कप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराएको छ ।

होबार्टमा भएको खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो ।

स्कटल्यान्डले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८ ओभर ३ बलमा एक सय १८ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३८ र केल मेयर्सले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले तीन तथा मार्क ह्वेल र स्याफान सरिफले दुई-दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६० रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्सेले नटआउट ६६ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अलजारी जोसेफ र जेसन होल्डरले दुई-दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्