Logo

मनकामना क्याम्पस साहित्यिक परिवारले भर्चुअल माध्यमबाट मनायो स्थापना दिवस



बिर्तामोड, २८ चैत । मनकामना क्याम्पस साहित्यिक परिवारले भर्चुअल माध्यमबाट आठौँ स्थापना दिवस मनाएको छ ।

परिवारका अध्यक्ष प्रियंका उप्रेतीको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथी मनकामना क्याम्पस साहित्यिक परिवारका संस्थापक अध्यक्ष सि.एम ढुङ्गेल रहेका थिए ।

मनकामना क्याम्पस साहित्यिक परिवारका पूर्व पदाधिकारीसहित ४० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा क्रमश: गजल, गित, मुक्तक, कविता आदि प्रस्तुत गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष ढुङ्गेल, पूर्व अध्यक्ष संगिता कोइराला, निवर्तमान अध्यक्ष हरिकृष्ण भण्डारी, संस्थापक सचिव सन्दिप थपलिया, निवर्तमान सचिव उमेश खतिवडा, कवि निरज दाहाल लगायतले आ-आफना प्रतिभासहित शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ढुङ्गेलले मेरो नेतृत्वमा गठन भएको साहित्यिक परिवारले आज आठौँ स्थापना दिवस मनाउन पाउँदा अत्यन्त खुसी लागेको बताएका थिए ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा वि.सं.२०७२ साल चैत २८ गते स्थापित यस परिवारले विभिन्न समयमा विविध साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ ।

परिवारका सचिव भरत प्रसाईंले मन्तव्यबाट स्वागत गरेका थिए भने सम्पादक प्रकाश संग्रौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सदस्य सुजन कठेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्