Logo

तनहुँमा ९३ वर्षीय वृद्धद्वारा मतदान



तनहुँ, १० वैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उपचुनावमा ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन् ।

व्यास नगरपालिका-२ मा रहेको सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले बिहान ८ बजे मतदान गरेका हुन् ।

शारीरिकरुपमा अशक्त रहेका श्रेष्ठले आफन्तको सहयोगमा मतदान गरेका छन् । तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्