Logo
  जेष्ठ २०, २०८० शनिबार

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको आज जवाफ दिने



काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

संघीय संसद भवन वानेश्वरमा ११ बजे बस्ने प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् । सरकारले गत ५ गते पेस गरेको नीति तथा कार्यक्रममाथि उठका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रममा सांसदहरुले आ-आफनो धारणा राखेपछि प्रधानमन्त्रीले जवाफ दिने सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित संसदको कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्