Logo
  बैशाख ६, २०८१ बिहीबार

सीटीईभीटीका कर्मचारी चढेकाे जीप सुनकाेसीमा खस्दा तीन जना बेपत्ता



सिन्धुली, १९ जेठ । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनमा जीप सुनकोसी नदीमा खसेको छ ।

शुक्रवार सुनकोसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेको बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना रहेकामा चालक दाङको राप्ती गाउँपालिका-६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था थाहा नभएको उनले बताए । सामान्य घाइते चालकको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेहरूमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक (सहसचिव) तनहुँको भानु नगरपालिका-९ का ५७ वर्षीय कृष्णबहादुर केसी, कार्यालयको योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद घुर्तेल र कार्यालयका विद्युत् प्रशिक्षक इलामका भानु पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्