Logo

इलामका सन्देशको उदाहरणीय काम



झापा, १८ असार । पशुपति र लुम्बिनीको माटो लिएर विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले विश्व यात्रा सुरु गरेका इलामका सन्देश रम्तेल विपन्न तथा अपांग व्यक्तिका लागि सहारा बनेका छन् ।

शारीरिक रुपमा अशक्त रम्तेल ह्विलचियरको सहयोगमा देशका ४५० वटा भन्दा बढी पालिकामा पुुगेर स्थानीय सरकारसँग अपांगमैत्री संरचना निर्माण गर्न माग गर्दै अपांग भएका व्यक्तिहरुका लागि आवश्यक सामाग्रीहरु वितरण गरिरहेका छन् ।

मोटरसाइकल दुर्घटनामा परेर अपांग बनेका रम्तेलले ६ महिनाको अवधिमा ८० वटा स्थानीय तह र व्यक्तिगत रुपमा गरेर ३५०० वटा ह्विलचियर सहयोग गरेका हुन् ।

अपांग भएका व्यक्तिहरुका लागि आफूले गरेको थोरै सहयोगले वहाँहरुको जीवनस्तरमा सुधार आउँछ भने किन पछि हट्ने भन्ने उद्देश्यले सहयोग गरेको उनी बताउँछन् ।

रम्तेलका अनुसार नेपालका हरेक स्थानीय तहका संरचनाहरु अपांग, बाल र महिलामैत्री हुनुपर्ने बताए । उनले हालसम्म ४५० वटा भन्दा बढी पालिकाहरु पुग्दा ५० वटा मात्र स्थानीय तह अपांगमैत्री रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्