Logo

विचार चौतारी युवा क्लबले गर्यो रचना वाचन कार्यक्रम



मेचीनगर, २७ साउन । विचार चौतारी युवा क्लबले साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय साहित्यकार, संस्थाका पदाधिकारी र सदस्यहरुले क्रमश: गजल, मुक्तक, कविता आदि प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष नेत्रप्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार हरिप्रसाद रिमाल रहेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रिमाल, सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे, सरस्वती बाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यपक शुक्रराज घिमिरे, साहित्यकार प्रदिप संग्रौला, दुर्गा आवासीय विद्यालयका प्रधानाध्यापक भोजबहादुर कार्की लगायतले आ-आफना धारणा राखेका थिए ।

कार्यक्रम संयोजक सुनिल चौहानले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने सचिव उमेश खतिवडाले शाब्दिक मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव हरिकृष्ण भण्डारीले गरेका थिए ।

वि.सं.२०७६ सालमा स्थापित विचार चौतारी युवा क्लबले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्