Logo

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक



काठमाडौँ, २ भाद्र । पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।

दोस्रो चरणमा विस्तारिक सूचीका १५ वटा पुस्तकमध्ये उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पाँच पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा.देविप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा.नवराज केसीको शून्यको मूल्य रहेका छन् । पुरस्कारका लागि एक सय ८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए ।

अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्