Logo

पिकेले पढाउदै चार्टर्ड एकाउन्टेन्ट, १ सय ८१ देशले मान्यता दिने



बिर्तामोड, १६ असोज । बिर्तामोडमा सञ्चालित पिके फाइनान्सियल एकाडेमीले चार्टर्ड एकाउन्टेन्ट (सिए) र एशोसियशन अफ चार्टर्ड सर्टिफाईट एकाउन्टेन्ट (एसिसिए) सम्बन्धी विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको जनाएको छ ।

एकाडेमीमा अध्ययन गर्ने विद्यार्थीले वित्तिय परिक्षण, अनुसन्धान, लेखा आउटसोर्सिङ प्रत्यक्ष तथा अप्रत्यक्ष कर, स्थिर सम्पत्ती प्रमाणीकरण विदेशी बिनिमय व्यवस्थापन कार्य साथै अन्य बित्तिय व्यवस्थापन कार्यहरु गर्न सक्ने जानकारी दिइएको हो ।

दुई वर्षअघि स्थापना भएको एकाडमीले एक वर्ष अघिदेखि विद्यार्थीहरुलाई एसीसीए र सिए अध्ययन गराउन थालेको प्रालिका अध्यक्ष गंगाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार एसिसिए कोर्ष अन्तरगत तीन वटा समूहमा अध्ययन गराएर १३ वटा विषय मध्ये चार वटा विषय ३० जना विद्यार्थी पासआउट भइसकेका छन् । एकाडमीले नयाँ विद्यार्थीलाई दशैअघि अभिमूखीकरण शिक्षा दिएर दशै सकिना साथ कक्षा सञ्चालन गर्ने बताइएको छ ।

प्रालिका प्रवन्धक निर्देशक प्रज्वल अधिकारीले उक्त एकाडमीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका १ सय ८१ वटा देशमा गएर एसिसिए विषय सम्बन्धी अध्ययन गर्न पाउने अनुमति आइक्यानले प्रदान गरेको बताए ।

संस्थाले मान्यता प्राप्त लेखा व्यवसायी उत्पादन गर्नुका साथै जागिर गर्न मान्यता प्राप्त डिग्री उपलब्ध गराउने प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।

एसिसिए विषय विद्यार्थीले ४ वर्षमा पुरा गरिसक्ने र विषय अध्ययनका लागि करिव ६ देखि ७ लाख रुपैँयाँ खर्च लाग्ने उक्त एकाडेमीका अध्यक्ष बस्नतेले बताए ।

प्रतिक्रिया दिनुहोस्