Logo

सिंहदरबारभित्र टिकटक बनाउन नपाइने



काठमाडौँ, १९ कार्तिक । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो ।

पछिल्लो समय सिंहदरबारभित्रका बगैँचा तथा भीआईपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार विना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताए ।

अनुमति लिएर मिडिया तथा सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्न फोटो, भिडियो खिच्न भने रोक नलगाएको उनले बताए । प्रहरीले संवेदनशील क्षेत्रमा गएर टिकटक बनाएको, फोटो खिचेको सीसीटीभीबाट तथा स्थलगत रूपमा पनि अनुगमन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्