Logo

देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै छ: सिटौला



काठमाडौँ, १० फागुन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै भएको बताएका छन् ।

उनले महासमिति बैठकपछि सबैजना उत्साहसहित जिल्ला फर्किन लागेको बताउँदै बैठकले नेताहरूबीच पनि एकता कायम गरेको बताएका हुन् ।

“हामी उत्साह लिएर हामी जिल्ला फर्किदैछौँ । हामीबीच एकता भएको छ । अलिअलि भएको मतभेद पनि हटेको छ,” उनले भने, “संगठन परिचालन गरेर आउने चुनावबाट धेरै मत र धेरै हाम्रा साथी निर्वाचित गराउन लागौँ । यो बैठकले धेरै विषयमा मन्थन गरेको छ । कांग्रेसले धेरै चुनौतीको सामना गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्