Logo

प्रधानमन्त्री प्रचण्डले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने



देउखुरी, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

शनिबार बस्ने लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी आउने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्रीले दिउँसो २ बजे बस्ने प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

प्रधानमन्त्री हेलिकोप्टरबाट देउखुरी उपत्यकामा अवतरण गरेर सिधै प्रदेश सभामा पुगेर सम्बोधन गर्ने र त्यसपछि अन्य विभिन्न कार्यक्रममा जाने तय भएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले बताए ।

प्रतिक्रिया दिनुहोस्