Logo

पिकअपको ठक्करबाट पैदलयात्रुको मृत्यु



मकवानपुर, १९ फागुन । मकवानपुरमा पिकअप गाडीको ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित सडक खण्डमा लु२च७३२७ नम्बरको पिकअपले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको हो ।

शनिबार पिकअप गाडीको ठक्करबाट करिब ५० वर्षीय सीताराम अधिकारीको शरीरको भित्री भाग र दाहिने हातमा चोट लागेको थियो । मनहरीस्थित मेडिकल मनहरीमा सामान्य उपचारपछि थप उपचारको लागि चितवनकोमा पुरानो मेडिकल कलेज भरतपुर चितवनका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पिकअप गाडी चालक नवलपरासी बर्दघाट नगरपालिका-१२ चौपट्टाका वर्ष २० को मनोज भुसाल र सवारी साधन ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्