Logo

सरकारी जग्गा हिनामिनामा मेरो कुनै संलग्नता छैन: चौधरी



काठमाडाैँ, ८ चैत । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा बिहानै बयान दिन सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका चौधरीले आफूले कुनै सरकारी जग्गा नहडपेको बताएका हुन् ।

बयान दिएर फर्किने क्रममा सञ्चारकर्मीसँग उनले आफूलाई राजनीतिक षडयन्त्र गरिएको बताएका हुन् । उनले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिए ।

स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा चौधरीलाई सिआइबीले सरकारी वकिलको अगाडि बयान गराइएको हो । सीआइबीले सभामुख देवराज घिमिरेलाई बुधबार अनुसन्धान भइरहेको पत्र दिएको थियो । त्यसपछि चौधरी आफै आज बिहान सीआइबी कार्यालय पुगेका थिए ।

चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्