Logo

दिल्लीका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने



भारत, ११ चैत । भारतको आम आदमी पार्टीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएको छ ।

भ्रष्टचारको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले केजरीवाललाई पक्राउ गरेपछि उनको पार्टी आम आदमीले हिरासतबाटै सरकार चलाउने बताएको एएफपीले जनाएको छ ।

यसअघि गएको महिना इडीले पक्राउ गरेपछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यस्तै विगतमा लालु यादव र जयललिता ले मुख्यमन्त्री रहँदै पक्राउ पर्दा पदबाट राजीनामा दिएका थिए । तर, केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छैनन् ।

भ्रष्टाचार विरोधी आन्दोलनबाट राजनीतिमा उदाएका आम आदमी पार्टीका प्रमुख एवम् दिल्लीका मुख्यमन्त्री केजरीवाल भ्रष्टाचारकै आरोपमा पक्राउ परेका हुन् । सन् २०२१ मा जाँडरक्सी बिक्री वितरणको सम्बन्धमा नयाँ नीति ल्याएको र त्यस नीतिबाट दिल्ली सरकारले भ्रष्टाचार गरेको ईडीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्