Logo

एमालेले देशभर लालकिल्ला स्थापित गर्नुपर्छ: अध्यक्ष ओली



झापा, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् ।

एमाले झापाको ११औँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् ।

उनले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने दाबी गरे । उनले लालकिल्लामा कसैलाई हात हाल्न दिनु नहुने बताएका छन् ।

उनले लालकिल्लामा हात हाल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिए । उनले झापाबाट गल्तीले जितेर गएकाहरुको भूमिका कामै नलाग्ने रहेको बताएका हुन् ।

उनले भने, ‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ । आजको होइन हो, यो ०४८ सालको शुरुको लालकिल्ला हो । यो लालकिल्लामा कसैले हात हाल्न दिनु हुँदैन । हात हाल्ने कुचेष्टा नगरे हुन्छ । यो लालकिल्ला हो, लालकिल्ला रहन्छ । गल्तीले जितेर गएकाहरुको भूमिका हेर्नुस् त कस्तो छ?’

प्रतिक्रिया दिनुहोस्