Logo

आज उम्मेदवारको नामावली प्रकाशन हुने



काठमाडौँ, २६ चैत । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ ।

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएकोमा उम्मेदवारमाथि कसैको पनि उजुरी नपरेको आयोगले जनाएको छ । आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ ।

यस्तै, आयोगले उम्मेदवारलाई मंगलवार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्