Logo

नेपाल-भारतबीचको सम्बन्ध अतुलनीय: मुख्यमन्त्री यादव



धनुषा, १ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै उनले नेपाल-भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताएका हुन् ।

नेपाल-भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता-जनताबीच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने, “यो कुराको पुष्टि रामलालाको प्राणप्रतिष्ठाको बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ ।”

सीमा क्षेत्रमा सुरक्षा र राजस्वको क्षेत्रमा हुन सक्ने समस्या समाधानका लागि दुवै देशका सरकारले छलफल गरी दुवै देशलाई हित हुनेगरि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्