Logo
समाचार
कीर्तिपुरको १ रोपनी १५ आना जग्गा हत्याउन नक्कली आमा

काठमाडौँ, ९ भदौ । आमा पनि नक्कली बनाइन्छ भन्ने सुन्दा अचम्म लाग्छ । तर मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएका छन् ।

सिरहामा हुने एमालेको सचिवालय बैठक स्थगित

काठमाडौँ, ८ भाद्र । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । यही भदौ ९ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिका-४ मा तोकिएको विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको

पारस खड्काले क्यानकाे बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ, ८ भाद्र । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पारसले

धरानमा निषेधाज्ञा जारी

सुनसरी, ८ भाद्र । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र आज (शुक्रवार) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक छ: महर

काठमाडौँ, ८ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमाडौँमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुण दलका नेताहरुसँग आज भएको छलफलमा उनले

केही वर्ष भित्रैमै राजसंस्था पुन: स्थापना गर्छौं: थापा

काठमाडौँ, ८ भाद्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्ष भित्रमै राजसंस्था पुन:स्थापना गर्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्था

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच सीमामा तनाव घटाउने सहमति

भारत, ८ भाद्र । चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत भएका छन् । विकासशील राष्ट्रहरूको समूह ‘ब्रिक्स’ शिखर सम्मेलनमा

अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ, ८ भाद्र । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा.प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा

भारतमा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुग्यो

भारत, ८ भाद्र । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेको छ । बुधवार बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेकाे हो ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा

अमेरिका, ८ भाद्र । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी