Logo
समाचार
बारीमा भेटियो नौ वटा बेवारिसे बम

कावासोती, १२ चैत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

गाैतमबुद्ध क्रिकेट रङ्गशालाकाे पूर्ण स्वामित्व सरकारले लिनुपर्छ: देवकाेटा

काठमाडौँ, १२ चैत । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् । आइतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको

प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन

काठमाडौँ, १२ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन

लुम्बिनीकाे मुख्यमन्त्रीमा कांग्रेसका चाैधरीकाे दाबी पेस

बुटवल, १२ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेकपा (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका छन् । माओवादी

एमाले सचेतक बर्ताैलाकाे नियमापत्तिपछि कांग्रेस उपसभापति खड्काले माफी मागे

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा नियमावली आफूले उल्लङ्घन गरेको स्वीकार गर्दै माफी मागेका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो: पन्त

काठमाडौँ, १२ चैत । नेकपा (एमाले)का रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने

जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज

काठमाडौँ, १२ चैत । जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १२ चैत । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतवार सिंहदरबारमा रहेको गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, १२ चैत । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । त्यस्तै अज राष्ट्रियसभाको बैठक पनि बस्दै छ ।

कर्णाली प्रदेशसभाको बैठक बस्दै

सुर्खेत, १२ चैत । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३