Logo
पत्रपत्रिका
बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

काठमाडौँ, १९ चैत । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका

मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण

काठमाडौँ, १८ चैत । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

काठमाडौँ, १८ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ । गाउँपालिकामा

नेपाल प्रहरीमा भावी आईजीपी को ?

काठमाडौँ, १८ चैत । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त,

चन्द्रागिरि केबलकारभित्र डेढ घण्टा यात्रु अड्किए

काठमाडौँ, १७ चैत । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुँदै

काठमाडौँ, १७ चैत । आसन्न स्थानीय तह निर्वाचनको सम्मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजी) ३० वर्षे सेवा

अर्थतन्त्रको अवस्थाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै थप खस्कन नदिन र सबल बनाउनेमा संवेदनशील बन्न सरोकारवालालाई आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या

कोभिडको राहत रकम हिनामिना

पर्सा, १६ चैत । पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ । अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको

प्रधानमन्त्रीको भारत भ्रमण: परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार

१४ घण्टासम्म अघोषित लोडसेडिङ

काठमाडौँ, १६ चैत । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ । अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको