
चितवन, १७ माघ । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका-५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी

सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार

काठमाडौँ, १७ माघ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का

कैलाली, १७ माघ । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी

खोटाङ, १७ माघ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि

बैतडी, १६ माघ । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु

झापा, १६ माघ । विभिन्न जिल्लाबाट भेला भएका अनुचित लेनदेन ‘मिटर ब्याज’पीडितहरुले आज काँकडभिट्टास्थित मेची पुलबाट ‘न्याय मार्च’ सुरु गरेका छन् । मिटर ब्याज तथा ठगी किसान मजदुर सङ्घर्ष समितिको

म्याग्दी, १६ माघ । म्याग्दीमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । रघुगङ्गा गाउँपालिका-३ मौवाफाँट फूलबारीमा आज दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु

काठमाडौँ, १६ माघ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

इलाम, १६ माघ । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका-२ इभाङका