Logo

आज प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने



काठमाडौं, ३० वैशाख । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

संसद् सचिवालयका अनुसार बैठकमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गरिनेछ र त्यसमाथि छलफल हुनेछ ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि तय गरिएको छ । प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्