Logo

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान



काठमाडौं, २५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन खुला गरेको हो ।

समितिले २४ वैशाखमा स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’बमोजिम आवेदन माग गरिएको जनाएको छ ।

इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत दरखास्त दिनसक्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्